पर्वतमा थप ४ नयाँ संक्रमीत थपिए संक्रमीत हुनेको संख्या ९ पुग्यो

coronavirus_blood_test
लोकपाटी न्यूज

निर्मल पौडेल,पर्वत २२ जेठ, पर्वतमा थप ४ जना कोरोना भाइरस संक्रमीत भेटिएका छन। भारतबाट आइ क्वारेन्टाइनमा बसेका थप ४ जनामा संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जानकारी दिएको छ।अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार थ्रोड स्वाब संकलन गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोशालामा परिक्षण गरिएकोमा जिल्लाका थप ४ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको हो।

यो संगै पर्वत जिल्लामा कोरोना संक्रमीतको संख्या ९ पुगेको छ। उनीहरुलाई क्वारेन्टाइनबाट आइशोलेसनमा सार्न लागिएको डा. देवकोटाले जानकारी दिए। संक्रमीत मध्ये विहादी गउँपालिकाका २ जना र फलेवास नगरपालिकाका २ जना रहेको छन् । डा देवकोटाका अनुसार भारतबाट फर्केका १ सय ३० जनाको परिक्षण हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्