बासी मासु बेच्ने पसलेलाई २० हजार जरिवाना

Chikcen_meat_feb
लोकपाटी न्यूज

काठमाडौं, २१ जेठ, बजार अनुगमन टोलीले नेपालगन्ज धम्बोझीका बासी मेचेवापत दुई मासु पसललाई नगद जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अगुवाइमा संयुक्त बजार अनुगमन टोलीले सगरमाथा मासु एण्ड पोल्ट्री सप्लायर्स र हाम्रो फ्रेस हाउसलाई जरिवाना गरेको हो।

कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालका अनुसार बिक्रीका लागि बासी मासु राखेको तथा बिल र तौलकाँटा दुरुस्त नभएकाले तिनलाई २०-२० हजार जरिवाना गरिएको छ। अनुगमन टोलीले हाम्रो पसलमा रहेको २५ किलो बासी मासुसमेत नष्ट गरेको छ । यसैगरी अनुगमन टोलीले नेपालगञ्जका अन्य स्थानका विभिन्न मासु पसलको पनि अनुगमन गरी मापदण्ड विपरीत मासु बिक्री नगर्न निर्देशन दिइएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्