कोरोनाबाट थप एकको मृत्यु,मृतकको संख्या ९,संक्रमितको संख्या २३०० पुग्यो

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, २१ जेठ, कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।  गत जेठ १३ गते उनि काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए। उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो।

यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए।यसैबीच नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताए।  मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो। यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ।  यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्