काठमाडौं, २१ जेठ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेता फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार विज्ञप्ति निकालेर सभापति शेरबहादुर देउवाले यही जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेता फिर्ता लिन सरकारसँग माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन। ताकेता फिर्ता लेऊ, समयावधि थप गर सरकार।’ सरकारलाई करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधि थप गर्न सुझाव दिएका छन्।
सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्यांकन गरेर काम गर्न पनि अपिल गरेका छन्।




लोकपाटी न्यूज

