कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठकाडौं, २१ जेठ। थप कर्णाली प्रदेशमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको स्वास्थ्य सेवा महाशाखा प्रमूख डा. लक्ष्मीनारायण तिवारीले बुधबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।

उनले आज कोरोना संक्रमण देखिनेमा तीन जिल्लाका ४ महिनाको शिशु देखि ४२ वर्ष उमेर समूहका रहेको बताए।उनका अनुसार प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानको कुमाख गाउँपालिका ३ का २ जनामा पुरुषमा कोरोना संक्रमण देखिएको छ।

उनीहरू १९ र २४ वर्षका रहेका छन्। दैलेख नौमुले गाउँपालिका ८ का २५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा दैलेख नारायण नगरपालिका २ का ५ जना पुरुष रहेका छन्। उनीहरु २० देखि ३० वर्षका रहेका छन्। दुल्लु नगरपालिका २ का १७ वर्षका पुरुषमा कोरोना देखिएको छ।

यस्तै कालिकोटको महावै गाउँपालिका २ र ४ का ३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४ महिनाको शिशुदेखि २२ र २८ वर्षका पुरुष रहेका छन्। तिलागुफा नगरपालिका २ का २१ वर्षका पुरुष, पलौता गाउँपालिका ७ का ४२ वर्षका पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षका पुरुष र सन्नित्रिवेणी गाउँपालिका २ की २० वर्षकी युवतीमा कोरोना संक्रमण देखिएको छ।

karnali

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्