तरकारी नष्ट गर्नेलाई कारवाही गरिने

लोकपाटी न्यूज

काठमाण्डौ, २० जेठ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। कृषि सचिव राजेन्द्रप्रसाद भारीले स्वदेशी उत्पादन नष्ट गर्नु गम्भीर गल्ती भएको बताएका हुन।

सुरक्षाकाको मापदण्ड पालना गर्दै कृषि सामग्री तथा उपजहरुको ढुवानी तथा बिक्री वितरणलाई नियमित गर्न पटक–पटक आग्रह गर्दा पनि पालिका र जनप्रतिनिधि जिम्मेवार नभनेको भन्दै कारबाहीको लागि गृह मन्त्रालयलाई पत्राचार गरेको कृषि सचिव भारीले बताए।

कृषि मन्त्रालयले स्वदेशी उत्पादलाई खाल्डोमा पुर्ने र नष्ट गर्नेमाथि कारबाही भएरनभएको अनुमगन गर्ने जनाएको छ। कृषि सचिव राजेन्द्र भारीले स्थानीय उत्पादनको बजारीकरण र ढुवानीको लागि पालिकालाई बजेट उपलब्ध गराएकाले यस विषयमा केन्द्रीय सरकारभन्दा पनि पालिका र किसान आफैँ पनि सचेत हुनु पर्नेमा जोड दिए।

यस्तै मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यले किसानकोे मनोबल खस्कने, उत्पादन घट्ने र कृषिमा आत्मनिर्भर हुन थप चुनौती हुने भएकाले यस्ता कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। यस्तो अवस्था फेरि पनि दोहोरिए एक पालिकाबाट अर्को पालिकामा नै स्वदेशी उत्पादनको आयात निर्यात रोकिने र यसले ठूलो नोक्सानी हुने हुँदा ध्यान दिन उनको आग्रह छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्