काठमाडौं, २० जेठ। आज थप कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ। मंगलबार मध्यान्ह १२ बजेसम्म थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
सुर्खेतका ११, सल्यान र अछामका नौ नौ जनामा कोरोना पुष्टि भएको हो। सुर्खेतमा देखिएका ११ जना सबै वीरेन्द्रनगर नगरपालिकाका १ र ३ का हुन्। सल्यानका नौ जना दर्मा गाउँपालिका १ देखि ४ का हुन्। अछामका सबै मङ्गलसेन नगरपालिकाका हुन्।
कर्णालीमा प्रदेशमा अहिलेसम्म पाँच वटा जिल्लामा कोराना सङ्क्रमण देखिएको छ । कर्णालीमा अहिलेसम्म कोरोनाको कारण दैलेखका एक जना युवकको मृत्यु भएको छ।




लोकपाटी न्यूज

