रमेश भुसाल/ सुनवल, २० जेठ। पानीसहित आएको हावाहुरीले टावर भाँचिएपछि सामुदायिक रेडियो सुनवलको प्रशारण वन्द भएको छ। सोमबार बिहान ४ बजे तिर आएको हावाहुरीका कारण रेडियोको टावर, एन्टेना लगाएतमा क्षति पुग्दा ७ लाख मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासन प्रमूख इन्द्र कुमार रेग्मीले जानकारी दिए।
टावर तथा अन्य उपकरणमा हावाहुरीले क्षति पुर्याएपछि अहिले रेडियो प्रसारणसमेत बन्द भएको छ। रेडियोको टावर तथा अन्य मिसिनरी उपकरणको मर्मतका लागि केही दिन लाग्ने रेग्मीले बताए।
कोरोना भाइरसको महामारीमामा होस् वा अन्य समयमा समाचार साथै सचेतनामुलक कार्यक्रमबाट सुसुचित गराउदै आएकोमा हावा हुरीका कारण केहि समयका लागि प्रसारण बन्द भएतापनि मर्मत सम्भारपछि पुनः प्रसारण सुचारु गरिने समाचार प्रमूख दिपक खनालले बताए।
कोरोना भाइरसको कारण बन्दावन्दी रहेको अवस्थामा हावाहुरीबाट रेडियोमा क्षति हुँदा प्राविधिक ल्याउन पनि कठिन भएको बताउदै छिट्टै मर्मत गरेर प्रशारण सुचारु गर्ने प्रयासमा रहेको संञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले बताए।



लोकपाटी न्यूज
