धनगढी, २० जेठ। बैतडीमा क्वारेन्टाइनमा रहेकी एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ। पुर्चौडी नगरपालिका ४ भटनामा रहेको मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ वर्षे सुनिता लुहारको मृत्यु भएको नगरपालिकाका प्रवक्ता दले धामीले जानकारी दिए।
उनको स्वाब संकलन गरी परीक्षणको तयारी भइरहेको बताइएको छ। मृतक लुहार मुटु रोगको बिरामी रहेको र स्वास्थ्यकर्मीसहितको टोली क्वारेन्टाइनमा गएको उनले जानकारी दिए। मृतक महिला जेठ १६ गते भारतबाट स्वदेश फर्किएकी वडाध्यक्षले जानकारी दिए।



लोकपाटी न्यूज

