ईन्टरलक व्लक उद्योग सञ्चालनमा

Block udhhog
लोकपाटी न्यूज

वि.वि श्रेष्ठ/ तनहुँ, २० जेठ। व्यास नगरपालिका वडा नम्बर ५ को कण्टारमा ५० लाख लगानी गरेर ईन्टरलक व्लक उद्योग सञ्चालनमा आएको छ। प्रविधिको उपयोगसँगै वलियो, किफायति र भरपर्दो निर्माण सामग्रीको आमजनताको माग वमोजिम लाखौ खर्चेर नयाँ प्रविधिको ईन्टरलक व्लक लगायतको निर्माणसँग सम्वन्धित समाग्रीको उत्पादनमा लागेको टि.डि. प्रिकाष्ट कंकिट उद्योगका सञ्चालक मोहन कुमार श्रष्ठले बताए।

भवन लगायतका विभिन्न निर्माण हुने संरचनाहरु विश्व परिवेशसँगै धुमिल हुदै जाँदा यहाँको बासिन्दाहरु समेत नयाँ प्रविधिको निर्माण चाहनाले उद्योग सञ्चालन गरेको सञ्चालक श्रेष्ठले बताए। उद्योगमा ईन्टरलक व्लकसँगै साधारण व्लक, रिङ्ग, पिलर, ईन्टरलक टायल्सको उत्पादन गरिएको बताए। ईन्टरलक व्लक लगायतका उत्पादनले छिटो छरितो, काम गर्न सहज र मुल्यमा पनि कम पर्ने हुन्छ। ईन्टरलक व्लकको प्रयोगले घर तथा भवन निर्माणमा सुन्दरताका साथै वलियो पनि हुन्छ सञ्चालक श्रेष्ठले भने।

ईन्टरलक व्लक लगायत अन्य उत्पादनको माग अत्याधिक रहेको साथै यो ईन्टरलक व्लक उद्योग जिल्लाको नै पहिलो उद्योग हो। जसले गर्दा यसको मागमा जनचासो रहेको छ। जिल्लाको हरेक भागमा यसको खपत भइरहेको छ। भूकम्प प्रतिरोधी ईन्टरलक व्लक ईटाले तापक्रमको समेत व्यालेन्स गर्दछ,जसले गर्दा जाडो र गर्मिको समयमा अनुकुलको वातावरण प्रदान गर्दछ।

कम लागतमा वलियो ईटा नै यसको विशेषता हो। हाल उद्योगमा १६ जना मजदुरलाई रोजगार दिँदै आएको र उद्योगमा थप लगानी गर्ने सोच बनाएको टि.डि. प्रिकाष्ट कंकिट उद्योगका सञ्चालक मोहन कुमार श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्