मंगलबारको राशिफल: कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5
लोकपाटी न्यूज

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। प्रेम सम्बन्ध कसिलो होला। कृषि कारोबारमा सफलता मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भाईनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) वरपरका इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्