चीनको ट्रम्पलाई सुझावः बङ्करमा नलुक्नु बरु आन्दोलनकारीसंग बार्ता गर्नु

trump and xi
लोकपाटी न्यूज

एजेन्सी, १९ जेठ, चीनले अमेरिकालाई जातीय भेदभाव उन्मुलन गर्न आग्रह गरेको छ। सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिआन झाओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आन्दोलनकारीबाट बच्न बंकरमा नलुक्न र वार्ता गर्न आग्रह गरेका छन्।

‘जर्ज फ्लोयडको मृत्युले अमेरिकामा जातीय भेदभाव र प्रहरी क्रुरता देखाउँछ,’ झाओले भनेका छन्, ‘राष्ट्रपतिजी, सेक्रेट सर्भिसले घेरिएर बंकरमा लुक्न नजानुस्। जसरी तपाईं बेइजिङले हङकङका प्रदर्शनकारीसँग गर्नुपर्छ भन्नुहुन्थ्यो त्यसरी नै प्रदर्शनकारीसँग गम्भीरतापूर्वक वार्ता गर्नुस्।’

एक जना काला जातिका पुरूषलाई प्रहरीले घुँडाले घाँटी थिचेर मारेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको छ। विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन्।