काठमाडौं, १९ जेठ। पछिल्लो २४ घण्टायता नेपालमा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ।
डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा २ जनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु झापा बाह्रदशीका ३२ र ४६ वर्षका पुरुषहरु छन् । यस्तै पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पुर्व कावासोतीका २ जना २२ र ३६ वर्षीय पुरुष, नवलपरासी पुर्वका विनात्रिवेणीका एकजना १४ वर्षीय बालक रहेका छन्। डा. देवकोटाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनाको पोजेटिभ आएको छ।
उनीहरु दैलेखको नारायण नगरपालिकाका ९ जना १७ देखि ३५ वर्षका पुरुषहरु, दैलेख सिमडाका २ जना २४ र २९ वर्षका पुरुष रहेका छन्। यस्तै दैलेख देवाकाडाका ३ जना १८ देखि ३८ वर्षका पुरुष, दैलेख सोतका एकजना र सादुका ३५ र २२ वर्षका पुरुष रहेका छन्। यस्तै दैलेखको जुकेपानीका एकजना ६० वर्षका पुरुष रहेका छन्।
यस्तै दैलेख दुल्लुका ७ जना २३ र ३० वर्षीया २ जना महिला र २ वर्षका बालक देखि ३९ वर्षका पुरुषहरु रहेका छन्।यस्तै जुम्ला हिमाका ८ जना ३२ देखि ६३ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाको भनाइ छ । डा देवकोटाका अनुसार जुम्लाकै सिम्जाका ९ जना १२ देखि ४५ वर्षका व्यक्तिहरु, जुम्लामा कार्यारत २ जना २७ र ३४ वर्षका पुरुषहरु पनि संक्रमित भएका छन्।
यस्तै प्रदेश अस्पताल सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनाको पोजेटिभ आएको छ । उनीहरु पनि दैलेख नारायण नगरपालिकाका १६ जना १० वर्षका बालक देखि ३६ वर्षका पुरुषहरु रहेका छन्। यस्तै दैलेखकै एकजना २५ वर्षीया पुरुष, सल्यान वनगाड कुपिन्डेका १० जना २० देखि ४० वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै सुर्खेत वराहातालका ५ जना २० देखि २६ वर्ष उमेर समूहका पुरुष रहेका छन्।
यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ आएको छ । उनीहरु कपिलवस्तु बाह्रगंगाका २ जना ३१ र ३८ वर्षका महिला रहेका छन् । यस्तै रौतहट परौवाका १४ जना १९ देखि ४५ वर्षका पुरुष, रौतहट यमुनामाही गाउँपालिकाका ४ जना २० वर्षीया महिला र २२ र ३५ वर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् ।
यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको पोजेटिभ आएको छ । उनीहरु बाँके डुडुवाका १७ देखि ३५ वर्षका पुरुषहरु रहेका छन्। यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु दाङ तुलसीपुर उपमहानगरपालीकाका ५ जना १८ देखि ३२ वर्षीया पुरुष दाङ गढवाका २ जना २४ र ३६ वर्षीय पुरुष, लमहीका १ जना ४० वर्षका पुरुष र राप्ती गाउँपालिकाका एकजना ३६ वर्षका पुरुष रहेका छन्।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल काठमाडौंमा गरिएको परीक्षणमा ९२ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये धनुषा धनौजीका ४ जना १८ देखि ४८ वर्ष उमेर समुहका पुरुषहरु, धनुषाको हंशपुरका २ जना १९ र २० वर्षीय पुरुषहरु रहेका छन् । यस्तै धनुषाकै जनकपुर प्रादेशिक अस्पतालका एकजना २१ वर्षीय पुरुष, कपिलवस्तु शिवराजको क्वारेन्टाइनमा रहेका १२ जना १९ देखि ५५ वर्षका पुरुषहरु रहेका छन् । यस्तै कपिलवस्तुकै हरिहरपुका ८ जना १९ देखि ३८ वर्ष उमेर समुहका पुरुष, कपिलवस्तु महाराजगञ्जका २ जना ३० र ३३ वर्षका पुरुष रहेका छन्।
यस्तै कपिलवस्तुकै रंगिलाल माविको क्वारेन्टाइमा रहेका ११ जना १७ देखि ३५ वर्षका पुरुषहरु,कपिलवस्तुकै राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ३ जना ४२ देखि ४८ वर्षका पुरुषहरु र कपिलवस्तुकै रघुसामुदायिक विद्यालयको क्वारेन्टाइनमा रहेका २ जना २७ र ४६ वर्षका पुरुष रहेका छन्।यस्तै महोत्तरीका लाहोरपट्टिका क्वारेन्टाइनमा रहेका २ जना १८ वर्षका पुरुषहरु छन् । यस्तै मकवानपुरका एकजना ६१ वर्षीय पुरुष, सर्लाहीको जनता माविको क्वारेन्टाइनमा रहेका ५ जना ९ वर्षीया बालिका र २७ वर्ष उमेर सम्मका ४ जना महिला रहेका छन्।
यस्तै सर्लाहीको जनाता माविको क्वारेन्टाइमा रहेका ३३ जना ११ वर्षका बालक देखि ७५ उमेर समूहका पुरुषहरु रहेका छन्। यस्तै सिराहाको ५ जना क्वारेन्टाइनमा रहेका व्यक्तिहरु पनि संक्रमित भएका छन् । उनीहरु १८ देखि ६० वर्ष उमेर समुहका छन् । यस्तै उदयपुरका हाल जनकपुर प्रादेशिक अस्पतालम रहेका एकजना ३१ वर्षीय पुरुष पनि रहेका छन्। यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ। उनीहरु अछामका एक वर्षका बालक, कैलालीका १४ जना २ वर्षका बालक देखि २८ वर्षका व्यक्तिहरु रहेका छन् ।उनीहरु मध्ये ३ जना महिला छन् भने ५ वर्षका बालक देखि २७ वर्षका पुरुष रहेका छन्।
यस्तै वैतडीका एकजना ३४ वर्षका पुरुष, डोटीका एकजना २५ वर्षीय पुरुष र कन्चनपुरका एकजना ११ महिनाका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ हजार ६ सय ६७ जना पुरुषमा संक्रमण देखिएको छ भने महिलाको संख्या १३१ छ। सोमबार २१३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।



लोकपाटी न्यूज

