अमेरिकामा भएको जातीय हिंसाको चीन र इरानद्वारा आलोचना

usa pvvv
लोकपाटी न्यूज

बेइजिङ । अमेरिकामा भइरहेको जातीय हिंसाको चीन र इरानद्वारा आलोचना गरेका छन्। संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोइडको मृत्यु प्रकरणमा भइरहेको हिंसात्मक आन्दोलनको चीन र इरानले आलोचना गरेका छन्।

अमेरिकामा एक अश्वेत व्यक्तिलाई गोरा जातिका प्रहरीले निर्ममतापूर्वक हत्या गरेको भन्दै अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शनहरु भइरहेको छ। चीनले जातीय भेदभाव ’अमेरिकी समाजको पुरानो रोग’ भएको टिप्पणी गरेको छ। बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चरम जातीय भेदभाव र प्रहरीको हिंसात्मक दमनले अमेरिकामा अस्थिरता सिर्जना गरेको बताएका छन्।

त्यसैगरी इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मउसाभफले अमेरिकी सरकार र प्रहरी अधिकारीहरुलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेका छन्। अमेरिकी जनताविरुद्धको हिंसा बन्द गर्नुस्। उनीहरुलाई स्वतन्त्रपूर्वक श्वास फेर्नुुस् प्रवक्ता मउसाभीले सोमबार तेहरानामा आयोजित पत्रकार सम्मेलनमा भने। उनले अमेरिकी नागरिकलाई ’विश्व तपाईंको साथमा उभिएको’ समेत बताएका छन्। उनले अमेरिकी प्रहरीको हिंसात्मक दमनप्रति दुस्ख व्यक्त गरेका छन्। अलजजिरा