बाँकेमा भएको सवारी दुर्घटनाको खबरले स्तब्ध छु : प्रचण्ड

prachanda-2
लोकपाटी न्यूज

काठमाडौं, १९ जेठ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार राति बाँकेमा भएको सवारी दुर्घटनाबाट आफू स्तब्ध बनेको बताएका छन्।

प्रचण्डले भनेका छन्, ‘उक्त दुर्घटनामा निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको लागि उनले माग समेत गरेका छन्।’

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मा आइतबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु तथा २१ जना घाइते भएका थिए।