रमेश भुसाल/ पश्चिम नवलपरास, १९ जेठ। कोरोना भाइरस कोभिड- १९ संक्रमितहरुलाई उपचार गर्नको लागि सुनवल नगरपालिकाले वडा नम्वर १ मा रहेको बाल सिकाई केन्द्रको भवनमा २५ शैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ। नगरपालिकाले संघीय र प्रदेश सरकारले तोकेको मापदण्ड अनुरुपनै आइसोलेसन निर्माण गरेको हो।
आइसोलेसमा एम वि विएस डाक्टर लगायत स्वास्थ्यकर्मीको टिमले नियमित चोकजाच गर्ने सुनवल नगरपालिकाले जनाएको छ। नगरपालिकाले आइतबार एक कार्यक्रमका बिच आइसोलेसन सेन्टरको निर्माण कार्य पुरा गरेको नगरप्रमुख भिम वहादुर थापाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए। भारतबाट दिनप्रतिदिन आउनेको संख्या बढ्दै गइरहेकाले नगरपालिका भित्रका १३ वटै वडामा क्वरेन्टाइन सञ्चालन गरिने जानकारी दिए। उनले नगरपालिका भित्र हाल सम्म २ सय २८ जना क्वरेन्टाइनमा रहेकोमा ७० जनाले १४ दिन पूरा गरी घर फिर्ता भएका अहिले नगरपालिका भित्रका क्वारेन्टाइनमा १ सय ५८ जना रहेका छन्। त्यसमध्य ३४ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको ३ जनालाई ज्वरो देखिएकोमा तिनिहरुको आरडिटि परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएको समेत नगरप्रमूख थापाले जानकारी दिए।
सुनवल नगरपालिकाका उपप्रमूख दधिराम अर्यालले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सञ्चारमाध्यमहरुले सर्वसाधरणहरुमा जानकारी गराएको मा पत्रकार एवं सञ्चारकर्मीहरुलाई धन्यावाद दिँदै प्रदेश सरकारको निर्देशन बमोजिम सम्पुर्ण स्थानीय तहमा क्वारेन्टाइन बनाइ संक्रमण फैलन नपाएको बताए। उनले सवै क्वारेन्टाइनहरुमा डाक्टरको कमि भएकाले केहि असहज परिस्थिती भएको वताउदै यसको समाधानको लागि जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएको भन्दै जसले गर्दा उपचारमा सहजता आउने बताए।
सो अवसरमा डा. किरण कँुवरले आइसोलेसनको बारेमा र कोरोनाबाट वच्ने उपायको बारेमा जानकारी गराएका थिए।
त्यस्तै रामग्राम नगरपालिकाले ५० बेडको आईसोलोशन सेन्टर निमार्ण गरको छ। प्रदेश ५ सरकारको निर्णय अनुसार नगरपालिकाले वडा ४ जितपुर स्थित पालल्ही बहुमुखी क्याम्पसको भवनमा ५० बेडको आईसोलेशन सेन्टर निमार्ण गरेको हो। उक्त आईसोलेशनमा सामान्य अवस्थाका कोरोना संक्रमित व्यक्तिहरुलाई राखेर उपचार सेवा दिने रामग्राम नगरपालिका नगर प्रमूख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए।



लोकपाटी न्यूज

