राष्ट्रपति ट्रम्पलाई बंकरमा लुकाइयो

Donald_trump_0_0
लोकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको बाहिरपट्टि उग्र विरोध प्रदर्शन भएपछि सुरक्षाकर्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बंकरमा लुकाएका छन्। अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले उग्र रुप लिइरहेको छ।

राजधानी वासिङ्टन डिसीलगायत ४० सहरमा कर्फ्यु लगाइएको छ। आइतबार राति प्रदर्शनकारीले ह्वाइट हाउसअगाडि ठूलै प्रदर्शन गरेका थिए। यसअघि शुक्रबार ह्वाइट हाउसअगाडि प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही बेरका लागि अन्डरग्राउन्ड बंकरमा लगिएको न्युयोर्क टाइम्सले जनाएको छ।

प्रदर्शनकारीलाई हटाउनका लागि सिक्रेट सर्भिस र युनाइटेड स्टेट्स पार्क पुलिसलाई हम्मे परेपछि ट्रम्पलाई बंकरमा लुकाइएको थियो।