बाँके, १९ जेठ। बाँके दुर्घटनामा ज्यान गुमाएकामध्ये २ जनाको परिचय खुलेको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका २ ठुरिया जंगलमा गाडी दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २ जनाको परिचय खुलेको हो।
भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी पूर्वपश्चिम राजमार्गमा पर्ने जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको प्रहरीले जनाएको छ। १० जनाको सनाखत हुन बाँकी छ।



लोकपाटी न्यूज
