पेस्तोल देखाएर टिकटक बनाएपछि कारवाहीमा परेका प्रहरीले पाए जिम्मेवारी

लोकपाटी न्यूज

काठमाडौँ, १९ जेठ – महानगरीय प्रहरी परिसर ललितपुरले पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने प्रहरीलाई लुभु प्रभागको इन्चार्जको जिम्मेवारी दिएको छ। ‘टिकटकमा भाइरल’ भएका प्रहरी नायब निरीक्षक (सई )रत्नबहादुर थापालाई परिसरले आइतबार महानगरीय प्रहरी प्रभाग लुभुको जिम्मेवारी दिएको हो। गत शनिबार लुभुका इन्चार्ज रहेका सई टेकबहादुर माझीको मृत्यु भएपछि परिसरले थापालाई सो स्थानमा पठाएको हो।

महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज रहँदा सई थापाले प्रहरी बर्दीमा पस्तोल देखाएर श्रीमतीसँग टिकटक बनाएका थिए। फागुनको दोस्रो साता सई थापाको प्रहरी पोशाक श्रीमतीले लगाएर हातमा पेस्तोल लिइ खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएको थियो। सुडालमा कार्यरत रहेका बेला प्रहरी पोशाकमै श्रीमतीसँग ‘टिकटक’ बनाएको आरोपमा उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो। त्यसअछि उनी चैतमामा ललितपुर परिसरमा हाजिर भएका थिए । तर, फेरि तिनै विवादित प्रहरी कर्मचारीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्