नेपालमा कोरोनाबाट आठौं व्यक्तिको मृत्यु

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, १८ जेठ। नेपालमा कोरोना संक्रमणबाट आठौं व्यक्तिको मृत्यु भएको छ। बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो।

सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय सुदुरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थीले जनाकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ।

उनको आमाको पनि कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ। उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। यसअघि कोरोनाका कारण नेपालमा ७ जनाले ज्यान गुमाइसकेका छन्।

दैलेख दुल्लुका ३५ वर्षे पुरुष, सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष र अर्घाखाँची भुमिकास्थान नगरपालिका ९ एक जना पुरुष गरी ७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्