अर्थमन्त्रीले बिना अध्ययन बजेट विनियोजन गर्नुभयो : डा.रिजाल

minendra-rijal01
लोकपाटी न्यूज

काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले अर्थमन्त्रीले बिना अध्ययन बजेट विनियोजन गरेको टिप्पणी गरेका छन्। आइतबार संसदमा बजेटमाथि छलफल गर्दै उनले भने सरकारले प्रस्तुत गरेको बजेटको आलोचना गरे।

पूर्वमन्त्री समेत रहेका रिजालले ‘सारा विश्वले शताब्दियताको संकट बोकिरहेको छ, तर नेपाल सरकारका अर्थमन्त्री कसरी अघि बढिरहेका छन् थाहा हुन सकेन।’ उनले प्रश्न गरे,‘पुँजीगत खर्चका लागि स्रोत साधन नपुग्ने गरी बजेट विनियोजन किन गरियो ?’

‘विद्वान अर्थमन्त्रीले ८३ पेजको दस्तावेज त्यत्तिकै ल्याउनुभयो भन्न नमिल्ने भन्दै नेता रिजालले धेरै ठाउँमा बिना अध्ययन बजेट विनियोजन गरिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्