‘म बाबुराम भट्टराई ’कामी’ लेख्छु, सबैले एकै थर लेखौं’

baburam-bhattarai-parliament
लोकपाटी न्यूज

काठमाडौं, १८ जेठ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने बताएका छन्। आइतबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन्।

भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्नुपर्ने प्रस्ताव गरेका हुन्। उनले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिएका छन्। ’क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ?’, उनले सोधे, ’हामीले यी बेथितिलाई हटाउनैपर्छ।

उनले भने ’श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ?’, उनले सोधे, ’यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई ’कामी’ भनेर लेख्न तयार छु। सबैले थर एकै लेखौं।’