काठमाडौं, १७ जेठ। नेपाली युवतीमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। सोह्रखुट्टेमा शनिबार साँझ साढे पाँच बजे बाटोमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको देखेपछि स्थानीयले चिनियाँ नागरिकमाथि कुटपिट गरेका थिए।
महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक खड्काका अनुसार प्रहरीले दुबै जनालाई नियन्त्रण लिएको छ।
सो घटनाबारे अहिले वृत्तमा छलफल भइरहेको उनले बताए।



लोकपाटी न्यूज
