काठमाडौं, १७ जेठ। बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा छलफल भइरहेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि समस्यामा परेका नेपालीलाई ल्याउने तयारी सरकारले गरेको छ।
विदेशमा भिसाको म्याद सकिएका, अलपत्र परेका र रोजगारी गुमेका नेपालीलाई आवश्यकता हेरेर स्वदेश फर्काउने सरकारको तयारी छ। सुरक्षा परिषदको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
बैठकमा विदेशका नेपाली ल्याउन सरकारले गरेको तयारी र थप व्यवस्थापनको विषयमा छलफल भइरहेको छ।



लोकपाटी न्यूज

