काठमाडौं, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री दलजित श्रीपालीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको परिवर्तनको नायक भएको बताएका छन्।
पूर्वमन्त्री श्रीपाईलीले प्रचण्ड परिवर्तनको आदर्श व्यक्ति भएकोले रुकुम पश्चिम घट्नाबारे प्रचण्डले आज, भोलि नै वक्तव्य निकाल्ने श्रीपालीले विश्वास व्यक्त गरे।
शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै श्रीपालीले यस्तो बताएका हुन्।
उनले रुकुम जनयुद्धको आदर्श र केन्द्रविन्दु भएकोले यो घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र रुकुमलाई बचाउनुपर्ने बताएका थिए। उनले पार्टीसँग पनि दुई वटा विकल्प रहेको बताए।



लोकपाटी न्यूज

