काठमाडौं, १७ जेठ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकार पक्राउ परेका छन्। उनलाई प्रहरीले लाइभ रिपोर्टिङकै क्रममा पक्राउ गरेको हो। मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला उनलाई पक्राउ गरिएको थियो।
जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलससहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला लाइभ रिपोर्टिङ गरिरहेका सिएनएनका पत्रकार ओमार जिमिनेजलाई प्रहरीले पक्राउ गरेको हो।
सिएनएनले पत्रकारलाई गरिएको पक्राउ संविधानको उल्लंघन भन्दै भर्त्सना गरेको छ। स्थानीय समय अनुसार शुक्रबार बिहान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकार जिमिनेजलाई पक्राउ गरिएको केहीबेरपछि छाडिएको थियो। प्रहरीले हट्न भनेका बेला नहटेपछि उनीहरुलाई पक्राउ गरिए पनि मिनेशोटाका गभर्नर टिम वाल्जले घटनाप्रति माफी मागेका छन्।



लोकपाटी न्यूज

