दैलेख, १७ जेठ। दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोराना पोजेटिभ देखिएको छ। १७ देखि ५० वर्ष उमेर समूहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए।
उनीहरु सबै भारतबाट आएका हुन्। दैलेखमा कोरोना पुष्टि हुनेको संख्या ३० पुगेको छ। गएको १० दिनमा भारतबाट आएका झण्डै १४ हजार जनालाई दैलेखका विभिन्न विद्यालयहरुमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।
दैनिक हजारौंको संख्यामा भारतबाट आउन थालेपछि क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको बताइएको छ।



लोकपाटी न्यूज

