नेपालमा २०६ जना कोरोना निको भएर घर फर्किए

BikashDevkota_
लोकपाटी न्यूज

काठमाडौं, १६ जेठ। नेपालमा २०६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई २ सय ६ जनाले जितेका छन्।

शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् ।

नेपालमा अहिलेसम्म १२ सयभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ। नेपालमा पाँच जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्