बाबुरामको टिप्पटीः यो बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भयो

लोकपाटी न्यूज

काठमाडौं, १५ जेठ। जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकराले आर्थिक वर्ष २०७७ ७८ को लागि आज ल्याएको बजेट विगतकैजस्तो भएको टिप्पणी गरेका छन् । उनले यो बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको पनि बताए ।

त्यस्तै, उनले बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने टिप्पणी गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसकिने पनि भट्टराईले बताए ।

संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले भने,‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’ त्यस्तै, उनले कृषि क्षेत्रमा पनि बजेट नपुगेको गुनासो गरे । उनले बजेट बिगतकै निरन्तरता भएको पनि उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्