देशभरका विद्यालयमा दिवा खाजा लागू गरिने

youbaraj khatiwada
लोकपाटी न्यूज

काठमाडौं, १५ जेठ। आगमी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अहिलेसम्म ४३ जिल्लामा मात्र लागू हुँदै आएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागू गरिने भएको जानकारी दिए। कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिउँसो खाजा दिईदै आएकोमा यो कार्यक्रम देशभर लागू गर्न लागिएको हो।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रको लागि १ खर्ब ७१ करोड रुपैयाँ बजेट छुट्याएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड छुट्याएको बताए। त्यस्तै आगामी आर्थिक वर्षमा विश्वविद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको अर्थमन्त्री खतिवडाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्