नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं, १५ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाल विभिन्न जिल्लामा १५६ जना कोरोना संक्रमित थपिएको बताएका छन्। बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली दुईजना, बर्दियाका तीन जना पुरुष, बाँकेका एकजना पुरुष, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।

यसैगरी ललितपुर महानगरपालिका घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधवार मृत्यु भएको उनले बताए। प्रवक्ता डा देवकोटाका अनुसार नेपालमा संक्रमितको जम्मा संख्या एक हजार ४२ पुगेको छ। जसमध्ये पुरुष ९४० र महिला १०२ जना छन् । ती मध्ये १८७ जना निको भएका छन्। ५ जनाको मृत्यु भएको छ। यो सँगै नेपालका ५१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्