मन्त्रिपरिषद्को बैठक बस्दै

mantriparisadko baithak
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, १५ जेठ । आज मन्त्रिपरिषद्को बैठक बिहिबार दिउँसो २ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहिबार दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठक पनि बालुवाटारमा बस्दैछ।

त्यस्तै ४ बजे संसद भवन नयाँ बानेश्वरमा अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्