पर्वतमा ४१ जना पत्रकारहरुको महासंघद्वारा कोरोना वीमा

लोकपाटी न्यूज

निर्मल पौडेल ,पर्वत १३ जेठ। नेपाल पत्रकार महासङ्घ पर्वतले जिल्लामा कृयाशिल ४१ जना पत्रकारहरुको प्रति पत्रकार १ लाखका दरले वीमा गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम मोल्दै काम गरिरहेका पत्रकारहरुको नेपाल पत्रकार महासंघले कोरोना वीमा गरेको हो।
कोरोना संक्रमणको सम्भावना पत्रकारलाई उच्च हुने हुँदा क्रियाशिल पत्रकारहरुको वीमा गरिएको महासंघका अध्यक्ष छविलाल तिवारीले जानकारी दिए। ब्यक्तिगत रुपमा वीमा गरीसकेका बाहेक जिल्लाका ४१ जना क्रियाशिल पत्रकार महासंघका सदस्य पत्रकारहरुको बिमा गरिएको तिवारीको भनाई छ।

पत्रकारहरुको अजोड इन्सोरेन्स कम्पनीमा वीमा गरिएको अजोड इन्स्योरेन्स पर्वतका कर्मचारी विक्रम ढुङ्गानाले वताए। बिमा कम्पनीको पछिल्लो नीति अनुसार कोरोना पोजेटिभ पिसिआर विधि मार्फत देखिएमा रु १ लाख बराबरको रकम कम्पनीले सम्बन्धित ब्यक्तिलाई भुक्तानी गर्ने अजोड इन्स्योरेन्स लिमिटेड पर्बतका शाखा प्रमुख हरि सुबेदिले जानकारी दिए।

जिल्लामा क्रियाशिल सञ्चारकर्मी, पत्रकारहरु रिर्पोटिङमा घर बाहिर निस्कीरहनुपर्ने भएका कारण उनीहरु थप जोखिममा रहेका छन् । महासंघका सचिव गणेश गिरीका अनुसार पत्रकार महासंघले उनीहरुको विमा गरेको हो। महासंघले कोरोना प्रकोपको रिर्पोटिङ र अन्य समाचारको रिपोटिङमा जाँदा हुने संक्रमण जोखिमलाई न्यून गर्न सुरक्षा विधि अपनाउन र कोरोनाको समाचार लेख्दा अवफाह फैलाउने गरी नलेख्न पत्रकारलाई अनुरोध गरिएको सचिव गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्