डाक्टर र नर्सले अस्पातालमै गरे विवाह

लोकपाटी न्यूज

जेठ १४, लन्डन। कोरोना भाइरसको महामारीका कारण विवाह रद्द गरेको एक जोडीले अस्पतालमै विवाह गरेका छन् । लन्डनको सेन्ट थोमस अस्पतालमा काम गर्ने एक नर्स र डाक्टरले अस्पतालमै विवाह गरेका हुन्।

३४ वर्षिय जान टिपिङ र ३० वर्षिय एन्नालान नाभरत्नम अस्पतालभित्रै रहेको गिर्जाघरमा विवाह वन्धनमा बाँधिएका थिए। अतिथिहरु भने भिडियोबाट विवाहमा सहभागी भएका थिए।

यिनीहरुको विवाह अगष्टमा हुने तय भएको थियो। विवाहका लागि बेहुला बहुलीका परिवार उत्तरी आयरल्याण्ड र श्रीलंकाबाट सुरक्षित रुपमा आउन नसक्ने चिन्ता बढेपछि विवाह रद्द गरिएको थियो। नवविवाहितका लागि भर्चुअल ड्रिङ्क रिसेप्शन, फर्स्ट डान्स र स्पिचको आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्