काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवादबारे मध्यस्तता गर्न अमेरिका तयार रहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकाले भारत र चीनलाई यस विषयमा जानकारी गराइसकिएको बताएका छन्।
भारत र चीनबीच सीमा विवाद पटक पटक बल्झिने गरेकोमा पछिल्लो समय लध्दाख र सिक्किमसँग जोडिएका सीमामा विवाद चर्केको छ। अमेरिका भारत र चीनबीचको सीमा विवाद छिटो समाधान होस् भन्ने अमेरिकाले चाहेको बताए।
ट्रम्पले ट्वीट गर्दै भनेका छन् ‘हामीले भारत र चीन दुवैलाई अमेरिका दुवै देशको सीमा विवाद समाधान गर्न मध्यस्तता गर्न तयार रहेको जानकारी गराएका छौं। अमेरिका दुवैको सीमा विवाद गर्न तयार र सक्षम रहेको छ।’



लोकपाटी न्यूज

