एजेन्सी। चीनका राष्ट्रपति सी जिनपिङले युद्धका लागि तयार रहन सेनालाई आदेश दिएका छन्। मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै युद्धका लागि तयार रहन उनले आदेश दिएका हुन्।
जिनपिङको यो टिप्पणी लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा आएको हो। जिनपिङले सेनालाई पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेको हिन्दुस्तान टाइम्सले लेखेको छ। जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव तथा २० लाख सैनिकका सेना प्रमूख हुन्।
जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेसन आर्मी (पिएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको बैठकमा भाग लिने बेला दिएका हुन्। जिनपिङले सीमामा तनाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले खराब स्थितिका लागि तयार रहनुपर्ने बताएका छन्।



लोकपाटी न्यूज

