गुल्मीका सबै नेता, जनप्रतिनिधि होम क्‍वारेन्टाइनमा

लोकपाटी न्यूज

गुल्मी,१३ जेठ, स्थानीय तह प्रमुख र राजनीतिक दलका प्रमुखहरु होम क्‍वारेन्टाइनमा बसेका जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ। भारतलगायत देशबाट फर्केकालाई कसरी व्यवस्थापन गर्नेबारे आइतबार जिल्ला समन्य समिति गुल्मीले सबै स्थानीय तहका प्रमुख र राजनीतिक दलसँग बैठक आह्वान गरेको थियो।

गाउँपालिका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि सो बैठकमा सहभागी सबैलाई होम क्‍वारेन्टाइनमा बस्न आग्रह गरिएको र आफू पनि होम क्‍वारेन्टाइनमै रहेको जिसस प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिए। अहिले सो बैठकमा सहभागी सबै गाउँ नगरपालिकाका प्रमुख, दलहरु र गाउँपालिका, नगरपालिकाका चालकहरु पनि होम क्‍वारेन्टाइनमा रहेका बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्