स्वास्थ्यमन्त्रीको कोरोना परिक्षण रिर्पोट नेगेटिभ

लोकपाटी न्यूज

काठमाडौँ, १३ जेठ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।संक्रमतिको संसर्गमा पुगेपछि ६ दिनदेखि घरमै क्वारेन्टाइनमा बसेका ढकाललाई अहिलेसम्म कोरोना नलागेको पुष्टि भएको हो। शुक्रबारज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु स्रोतका अनुसार ढकालको परिक्षणका लागि मंगलबार बिहान स्वाव निकालिएको थियो। रिपोर्ट नेगेभिट आएसँगै उनी फेरि काममा सक्रिय भएका छन्।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार टेकुले मन्त्रीलाई रिपोर्ट बुझाएपछि उनी बिहीबारपछि मंगलबार चार बजेतिर मन्त्रालय पुगेका थिए। उनी बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न उनी केही सांसदहरुसँग गएपछि क्वारेन्टाइनमा बसेका थिए। नेपालमा अहिलेसम्म सात सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ। मंगलबार मात्रै थप ९० जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्