एन पी घायलको ‘इच्छुक इच्छा’ (कविता)

nirmal N-P ghayal
लोकपाटी न्यूज

इच्छुकका इच्छाहरुले मुर्छा खाइरहेका वेला
मैले
कस्तो इच्छा राखुँ यो मनमारु
देश घाइते भएर छटपटाइरहेको वेला
कस्तो रंगिन सपना देखुँ रु
निदाउन नसकिरहेको वेला
राता कलमले
युगीन परिवर्तनका कविताहरु लेख्न मन भएर पनि
आशुको भाव लाई कसोरी व्यक्त गरुँ
कसोरी अक्षरमा उतारुँरु
नेपाल आमा रोहिरहेको वेला
निमको टुप्पोमा आउने मसी र आमाका परेलीमा झर्दै गरेका आशुहरु उस्तै लाग्छ
अनि परेलीको डिल लिम्पियाधुराको पर्खाल जस्तै।

 

कसोरी उठाँउ मैले आगो ओकल्ने आवाजका मशालहरु
कुरीति र व्यतिथीको विरुद्ध
भ्रष्टाचारको विरुद्ध
देश लुट्ने लुटेराहरुको विरुद्ध
सामन्त दलाल भूमाफिया तस्कर र देशद्रोहीहरुको विरुद्ध
इच्छुक रागमा वोल्नेहरुलाई
जिब्रो थुत्दिने हुकुम वक्सिन्छ महाराजाको जिब्रो वाट
हिरासतमा लिएर घोक्रेठ्याक
लगाइन्छ
राजा फालेर गणतन्त्र ल्याएको देशमा।

 

चाहेर पनि लेख्न पाइदैन अचेल इक्छुक इच्छाहरु
लेखेकै भरमा जेलसम्म जानुपर्छ
राज्यको ढुकुटी कुम्ल्याउनकै लागी
भाडाका टट्टु गुण्डाहरु कुकुरझैँ पालेर
शक्ति र सत्ताको दम्भमा
कानुनलाई हातमा लिएर हिड्नेहरुले
दवाइरहेछन परिवर्तनका आवाजहरु
वारम्वार भाच्न खोजिरहेछन
सत्यताका निमहरु
जलाउन खोजिरहेछन निस्पक्ष अखवारहरु।

 

चुड्किको इशारामा
मनलाग्दी छाडातन्त्र मच्चाएर
स्वयम स्वार्थपुर्तीका खाँतिर
लोकतन्त्रको नाममा
स्वतन्त्रताको नाममा
झोले मण्डली स्थापना गरेर
नेपाल आमाको छातीमा जुका र किर्नाझैँ टाँसिएर
खुन चुस्ने चुसाहाहरु
तिमिलाइ मातृश्राप लाग्नेछ ।

 

अमर इच्छुक इच्छाहरु अङ्कुरण
हुनुपर्छ
पलाउनु पर्छ चिल्ला पातहरु
झाङ्िगनु पर्छ हरभरा भै
पुग्नुपर्छ जराहरु भुगर्भ सम्म
फूल्नुपर्छ सप्तरङ्गी गुच्छाहरु
छर्नुपर्छ परिवर्तनका सुवासहरु
फैलिनु पर्छ मुक्तिका अक्सिजन
आकाश माथी सम्म

फल्नुपर्छ युगीन समानता स्वाधीनता सँगै रास्ट्रप्रेमको फल।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्