थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं, १२ जेठ। नेपालमा आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो। नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । सोमबार रौतहटमा २६ र बारामा २३ जना कोरोना संक्रमित थपिएका हुन्। स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ गाविसको वडा नम्बर २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१, ५३ वर्ष उमेर समुहका छन्। त्यसैगरी बाराको गडिमाई नगरपालिका तथा कलैया नगरपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४०, ५०, २५ र ३२ उमेर समूहका संक्रमित रहेका छन्।

यसैगरि हाल सम्म ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन भने हाल ५ सय १३ जना आइसोलेसनमा राखेर उपचार हुँदै छ। यसै गरी कोरोनाका कारण नेपाला ३ जनाको मृत्यु भएको छ। हालसम्म भेटिएका संक्रमितहरुको स्वास्थ अवस्थ सामान्य रहेको र उनीहरु स्वस्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

444

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्