कोरोना संक्रमितका १० औ स्थानमा भारत, संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय पुग्यो

लोकपाटी न्यूज

काठमाडौं, १२ जेठ। संसारभर माहामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी देश भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय पुगेको छ। यो सँगै भारत सर्बाधिक कोरोना संक्रमित देशको १० औँ स्थानमा पुगेको हो।

पछिल्लो २४ घण्टामा ७ हजार १ सय थपिएसँगै त्यहाँ संक्रमितको कुल संख्या १ लाख ३८ हजार ५ सय पुगेको छ। आइतबार इरानलाई उछिन्दै भारत सर्बाधिक संक्रमित देशको १० औँ स्थानमा उक्लिएको हो। २४ घण्टामा भारतमा १ सय ५६ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ।

भारतमा साढे ५७ हजार व्यक्ति संक्रमण मुक्त हुँदा ७६ हजार ८ सय व्यक्तिको उपचार छ। जसमध्ये ८ हजार ९ सय संक्रमितकोे अवस्था गम्भीर रहेको छ। विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट सोमबार बिहानसम्म ५५ लाख व्यक्ति प्रभावित भएका छन्। जसमध्ये २३ लाख व्यक्ति निको हुँदा ३ लाख ४६ हजार संक्रमितको मृत्यु भएको छ।