उपत्यकाका जोखिमपूर्ण सयभन्दा बढि घर सिल

sill corona
लोकपाटी न्यूज

काठमाडौं,१२ जेठ। कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ। संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो ।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ। दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ। ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ। काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको आजको नागरिक दैनिकमा खवर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्