थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०८ पुग्यो

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, १२ जेठ। नेपालमा कोरोना संक्रमित थप पाँच जनामा पुष्टि भएको छ। थपिएका संक्रमितहरुमा बाँकेका चार र बदिर्याका एक जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ। कोरोना पुष्टि भएकामा बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी ९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गरी जनाएको छ।

त्यस्तै, बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका ५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।आइतबार मात्रै १९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको थियो। शनिबार ६८, शुक्रबार ५९ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्