वुहानमा एकैदिन १० लाखभन्दा बढिको कोरोना परिक्षण

लोकपाटी न्यूज

काठमाडौं, ११ जेठ, महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्तिका रुपमा लिइने चीनको वुहानमा एकैदिन १० लाखभन्दा बढीको परीक्षण गरिएको छ ।स्थानीय स्वास्थ्य अधिकारीरुले वुहान सहरमा शनिवार १० लाखभन्दा बढी मानिसहरुको न्यूक्लिक एसिड टेस्ट गरिएको बताएका छन् ।

शुक्रबार मात्रै वुहानमा १४ लाखको कोरोना परीक्षण गरिएको थियो ।वुहानमा पुनः संक्रमण देखिएपछि तिब्रताका साथ ‘मास टेस्टिङ’ सुरू गरिएको थियो । स्थानीय प्रशासनले १।१ करोड जनसंख्या भएको सहर वुहानमा १० दिनभित्रै कोरोना परीक्षण गरिने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोनाका कारण अहिलेसम्म ३।४१ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै भाइरसबाट विश्वभर ५३।३५ लाख मानिसहरु संक्रमित छन् ।