थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, ११ जेठ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय तीन पुगेको छ। आइतबार थप १९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय तीन पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ४२ जिल्लाका पाँच सय २४ जना पुरुष र ७९ जना महिला गरी अहिलेसम्म ६ सय तीन जनामा कोरोना पुष्टि भएको हो। संक्रमित हुनेमा मोरङका १ जना, बारामा १ जना, पर्सामा ३ जना, रौटहटका १ जना, सर्लाहीमा १ जना, रुपन्देहीमा ३ जना र काठमाडौंमा १ जना रहेका छन्। यस्तै, नुवाकोटमा १, रुपन्देहीमा ३, कपिलवस्तुमा ३ र गुल्मीमा १ जनामा पनि संक्रमण देखिएको छ।

यस्तै हिजो पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जनामध्ये दुई जनामा फेरि सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ। सात जना भने घर गएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ८७ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। कोरोना संक्रमितबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्