मन्त्रिपरिषद्को बैठक बस्दै

mantriparisadko baithak
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, ११ जेठ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ। कोरोनाको पछिल्लो अवस्था र बजेटका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

बैठकमा विशेषगरी विदेशमा रहेका नेपालीको कसरी उद्धार गर्ने भन्नेमा केन्द्रीत हुने पनि जनाइएको छ। एक मन्त्रीका अनुसार कोरोनाका कारण बजेट निर्माणको मोडालिटी परिवर्तन गर्नुपर्ने भएकाले त्यसलगायत समसामयिक विषयमा छलफल हुने छ।

कोरोनाका कारण अहिले भारतसहित तेस्रो मुलुकमा नेपालीको ठुलो सख्या उद्धारको पर्खाइमा रहेको छ। यसविषयमा कोरोना उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिमा छलफल भईसकेकाले त्यसविषयमा मन्त्रिपरिषद्मा छलफल गरेर केही महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ।

समितिले विभिन्न विकल्प दिएर उद्धार गर्नुपर्ने प्रस्ताव तयार गरेको छ। सरकारले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सो विषयमा पनि प्रमूखताका साथ छलफल हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्