काठमाडौं,११ जेठ।नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ। उनको अहिले समाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ। नेपालभारत सीमा विवादको बारेमा बर्षा राउतले दिएको अभिव्इक्ति चौतर्फी आलोचना भएको छ। उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन।
उत्त क्लिपमा उनले नेपाल र भारतका पत्रकार मिलेर दुई देशबीच फाटो ल्याउने काम गरिरहेको आरोप लगाएकी छिन। उनले भनेकी छन्, यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’ उनि चिन्तित हुनुको कारण प्रष्ट पार्दै उनि उत्त क्लिपमा थप्छिन, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’
अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालासँग वर्षा राउतलाई जोडेर आलोचना भइरहेको छ । २५ वर्ष बलिउडमा बिताएकी मनिषा कोइरालालाई आफ्ना प्रशंसक, साथीभाइको चिन्ता नहुने तर नेपाली अभिनेत्रीलाई भारतीय साथीहरुको चिन्ता भएको भन्दै वर्षामाथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन्।



लोकपाटी न्यूज