काठमाडौं, ११ जेठ। मुस्लिम धर्मावलम्बीहरूले मनाउने पर्व इदुल फित्रको अवसरमा दिने सार्वजनिक बिदाको मिति नेपाल सरकारले सच्याएको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी सार्वजनिक बिदाको दिन सच्याएको हो।
गृह मन्त्रालयको सूचना अनुसार इदुल फित्रको अवसरमा अब जेठ १२ गते सोमबार बिदा हुनेछ। जेठ ११ गते एसिया र नेपालबाट चन्द्रमा नदेखिने भएकोले जेठ ११ गते आइतबार दिने भनिएको सार्वजनिक बिदाको दिनलाई परिवर्तन गरी जेठ १२ गते सार्वजनिक बिदा दिन मुस्लिम आयोगले नेपाल सरकारलाई आग्रह गरेको थियो।
मिति २०७७ जेठ ०९ गतेको नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले जेठ ११ गते आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।




लोकपाटी न्यूज

