नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

sachiwalaye meeting
लोकपाटी न्यूज

काठमाडौं, १० जेठ। दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।नेकपा सचिवालय बैठक शनिवार अपराह्न ३ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व सन्ध्यामा नेकपाको सचिवालय बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक परिस्थित र संविधान संशोधनको लगायतका विषयमा छलफल हुने बताइएको छ। भारतले अतिक्रमण गरेर कब्जा गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न विधेयक संसद सचिवायमा दर्ता समेत गरिसकेको अवस्थामा बैठकमा सो विषयले प्राथमिकता पाउनुका साथै अमेरिकी सहयोग नियोय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा पनि छलफल हुने जनाइएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता मुद्दामा छलफल हुने सम्भावना छ।भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिने संकेत देखिएको छ।