नेकपा सचिवालय बैठक बस्दै

sachiwalaye meeting
लोकपाटी न्यूज

काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने भएको छ।

जेठ १५ गते सरकारले ल्याउने बजेटको विषयमा छलफल गर्न सचिवालय बैठक डाएिको महासचिव विष्णु पौडेलले जानकारी दिए। पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।